भारतीय रक्षामन्त्री सिंहको इमरानलाई चेतावनी – परमाणु हतियार पहिले प्रयोग नगर्ने नीति परिमार्जन हुनसक्छ

काठमाडौं, साउन ३१ । भारतले पाकिस्तानलाई परमाणु हतियारमा संयमता नअपनाउने चेतावनी दिएको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार सार्वजनिक कार्यक्रममा नै परमाणुमा संयमता नीति परिमार्जन हुनसक्ने चेतावनी दिएका हुन् ।


जम्मू-कश्मीरबाट आर्टिकल ३७० हटाएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले निरन्तर दिएको बयानको काउन्टरमा भारतीय रक्षामन्त्री सिंहले यस्तो चेतावनी दिएका हुन् ।

राजनाथले अहिले भारतले लिएको ’नो फर्स्ट यूज’ भारतको परमाणु नीतिमा परिमार्जन हुन सक्ने संकेत गर्दै त्यो परिस्थितिले निर्धारण गर्ने चेतावनी दिएका हुन् ।

सो नीतिमा भारतले कुनैपनि अर्को देशले आफूमाथि परमाणु प्रहार नगरेसम्म आफू पनि परमाणु हतियारको प्रयोग नगर्ने उल्लेख छ ।

भारतीय रक्षामन्त्री सिंहले भारत परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने’ नीतिमा अहिले पनि कायम रहेको बताएका छन् ।

पाँचौं इन्टरनेशनल आर्मी स्काउट मास्टर्स कम्पिटिसनका लागि पोखरण पुगेका रक्षामन्त्री सिंहले पत्रकारहरुसँगको कुराकानीमा ‘भविष्यमा के हुन्छ भन्ने बारेमा परिस्थितिमा निर्भर गर्ने’ बताए ।

उनले ट्विट गर्दै भनेका छन्, “पोखरण अटलजीको परमाणु शक्ति बन्ने दृढ संकल्पको साक्षी बनेको थियो । र, अहिले पनि हामी ‘पहिले प्रयोग नगर्ने’ सिद्धान्तमा प्रतिवद्ध छौं । भारतले सिद्धान्तलाई कडाईका साथ लापना गर्दछ ।

भविष्यमा के हुन्छ परिस्थितिमा निर्भर रहन्छ ।”
यसका साथै रक्षामन्त्री सिंहले ट्विट गर्दै भारत एक जिम्मेबार परमाणु राष्ट्र भएको र जुन भारतका हरेक नागरिकका लागि राष्ट्रिय गौरवको कुरो भएको पनि उल्लेख गरेका छन् ।

भविष्यमा के हुन्छ परिस्थितिमा निर्भर रहन्छ ।” यसका साथै रक्षामन्त्री सिंहले ट्विट गर्दै भारत एक जिम्मेबार परमाणु राष्ट्र भएको र जुन भारतका हरेक नागरिकका लागि राष्ट्रिय गौरवको कुरो भएको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्