काठमाडौँमा गाईजात्राको रौनक (फोटोफिचर)

काठमाडौं, साउन ३१ । जनैपूर्णिमाको भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ शुक्रबार विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ ।


आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिने प्रचलन छ ।


यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्ति पार्न यो गाइजात्रा गर्ने प्रचलन सुरु भएको हो ।


राजा तथा प्रसाशकहरुले गरेका गल्तिहरुलाई विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक रुपमा कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।


देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देख्न सकिन्छ ।


आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति लाई व्यङ्ग्यात्मक रुपमा मनोरञ्जनात्मक गाइजात्रा महोत्सव कार्यक्रमको आयोजनासमेत हुने गर्दछ ।


काठमाडौँको वसन्तपुरमा गाइजात्राको अवसरमा रञ्जित धमला / राजिब पौडेलले कैद गरेका केहि रौनक तस्बिरहरु :



प्रतिक्रिया दिनुहोस्