रवि लामिछानेसहित तीनै जनालाई म्याद थपका लागि अदालतमा पेश

काठमाडौँ , साउन ३१ । पत्रकार सालिकाराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ ।

काठमाडौँबाट बिहीबार दिउँसो पक्राउ परेकी कार्की र अबेर साँझ पक्राउ परेका लामिछाने र कडेँललाई मध्यराति चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएका उनीहरुलाई केहीबेर अघि जिल्ला अदालत चितवनमा लगिएको छ ।


रवि लामिछानेलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरु चितवनमा नाराबाजी गरिरहेका छन् ।


यसैबचि पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि लामिछानेको रिहाइको माग गर्दै उनका समर्थकले शुक्रबार चितवनमा प्रदर्शन गरेका छन् ।


प्रदर्शनका क्रममा उनीहरुले चर्को नाराबाजी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्