रवि लामिछाने र युवराज कँडेल पक्राउ
काठमाडौं, ३० साउन । प्रहरीले न्युज २४ टेलिभिजनका सिधाकुरा जनतासंको कार्यक्रम प्रस्तोता एवं पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । द्वाय उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।
यसै घटनामा अनुसन्धानको लागि अस्मिता कार्कीलाईपनि प्रहरीले यस अघिनै पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्