नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं, ३० साउन । विगत केही दिनअघि विभिन्न मिडियाहरुमा सैनिक अधिकृतहरुको नागरिकता तथा शैक्षिक प्रमाणपत्र विषयमा नाम नै किटान समेत गरि समाचार प्रकाशित भएको प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।

नियमित प्रक्रिया अनुसार भईरहेका काम कारवाहीमा व्यक्तिको नाम उल्लेख गरि सूचना प्रवाह गर्दा व्यक्तिगत मर्यादामा आँच आउने हुँदा त्यस प्रकारका समाचारहरु संप्रेषण गर्दा संवेदनशिल हुन नेपाली सेना जनाएको छ ।

नेपाली सेनाबाट सकलदर्जाको नागरिकता, शैक्षिक प्रमाणपत्रलगायत सबै कागजातहरुको छानविनको प्रक्रिया नियमित नै रहेको र छानविनको दौरान अनियमितता पाइएमा सैनिक ऐन अनुसार कारवाही गरि सार्वजनिक गरिएको साथै सो कार्य निरन्तर रहने जानकारी गराउन सेनाद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्