एनसेल लाभकर विवादः आज पनि भएन फैसला , अब सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने
काठमाडौं, साउन ३० । एनसेल लभाकर विवादको निर्णयको फैसला आज पनि हुन सकेन् । अब सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अब अर्को विहीबारलाई सरेको हो ।
एनसेल कर विवादमा भदौ ५ गते निर्णय सुनाउने सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
ठूला करदाता कार्यालयले गत वैशाख ३ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ।
त्यसविरुद्ध एनसेल रीट लिएर सर्वोच्च गएको थियो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलासमा छ ।
प्रतिक्रिया दिनुहोस्