एक चिनियाँ राजदूतले मेरो मनमा नेपाल छ , भ्रमण वर्षको शुभकामना भन्दै गरिन् यस्तो ट्वीट !

काठमाण्डौं, साउन ३० । पछिल्लो समय नेपालका लागि विदेशी राजदूतहरु सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् ।

पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूतावास र राजदूत पनि सामाजिक सञ्जालमा सक्रिय भएका छन् । नेपालका लागि चिनिया राजदुत होउ यान्छीले पनि पछिल्लो समय नेपाली भाषामै ट्वीट गर्न थालेकी छन् ।


उनले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गरेकी थिइन । उनी केही महिना अगाडिबाट मात्रै ट्विटरमा सक्रिय भएकी हुन् ।

बिहीबार राजदूत यान्छीले बौद्ध, वसन्तपुरलगायतका स्थानमा खिचिएका तस्बिर राख्दै ट्विटरमा राख्दै लेख्नुभएको छ, ‘मेरो मनमा नेपाल १ नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना !’

अमेरिकी दूतावास र राजदूतले लामो समयदेखि नेपाली भाषामा नै सामाजिक सञ्जाल चलाइरहेका छन् । नेपाली चाडपर्व, विशिष्ट व्यक्तिका जन्मदिन, मृत्युलगायतमा अमेरिकी दूतावास र राजदूतले टिप्पणी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्