राष्ट्रपतिबाट दीक्षितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं , साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ साहित्यसाधक मदनमणि दीक्षितको आज भएको निधनले नेपाली वाङ्मयमा अपूरणीय क्षति पुगेको बताएकी छन् ।

उनले आज शोकसन्देश जारी गरी यस दुखद् घडीमा उहाँका योगदानको स्मरणसहित स्व दीक्षितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गरेकी छन् । दीक्षितको आज बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्