टुडिखेलमा वृहत महान सोनाम ल्होछार मनाउने

काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङले आउँदो माघ ४ गते खी–ल्हो ‘कुकुर वर्ष’ २८५४ महान सोनाम ल्होछारको आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय तामाङ घेदुङले पत्रकार सम्मेलन गरेर विविध साँस्कृतिक कार्यक्रम सहित आउँदो माघ २, ३ र ४ गते राजधानीको टुडिखेलमा वृहत महान सोनाम ल्होछार मनाउने जानकारी गराएको छ ।

 

उक्त अवसरमा तामाङ समुदायको महान साँस्कृतिक एवम् धार्मीक पर्व सोनाम ल्होछार आरम्भ हुने र तामाङ समुदायले विविध कार्यक्रमगरि यो पर्व मनाउने गर्दछन् ।

सोनाम ल्होछार २८५४ का संयोजक प्रविन वलले तामाङ समुदायको संस्कृतिलाई जर्गेनागर्ने उद्देश्यले यो पर्व मनाउन लागिएको जानकारी दिएका छन् । उनले भने, ‘यसपालि सोनाम ल्होछारमा चरा वर्षलाई बिदाईगरि नागि ‘कुकरवर्ष’ को स्वागत गरिदैछ, १२ वटा जीवजन्तुको नाममा आधारित रहेको बाह्रवर्षे चक्रका आधारमा ल्हो ‘वर्ष’ प्रत्येकवर्ष परिवर्तन हुन्छ, जस अन्र्तगत यो वर्ष कुकुर वर्ष परेको छ ।’

 

उनले अघि थपे, ‘यस पर्वमा देश तथा बिदेशमा बसोवासगर्ने सम्पूर्ण तामाङ समुदायहरुले घरघरमा विधि पूर्वक एक महिना अघि देखि भव्यताकासाथ मनाउने चलन छ, यस अवसरमा सामुहिक रुपमा भेलाभई शुभकामना आदान प्रदान गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने, दुख सुख बाड्ने हाम्रो चलन रहेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले माघ ४ मा पर्ने शुल्कप्रतिपदालाई फागुन ४ गतेपर्ने भनेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् ।
उनले भने, ‘यस अघि नेपाल तामाङ घेदुङले माघ ४ मापर्ने शुल्कप्रतिपदालाई फागुन ४ गतेपर्ने भनेर भ्रम फैलाउनु भएको छ, यो सरासर गलत छ, यस्ता गलत भ्रममा नपर्न आग्रह गर्दछु ।’

उनले अघि थपे,‘सोनाम ल्होछारको अवसरमा सरकारले दिएको सरकारी बिदालाई कटौती गर्ने, वर्षौ देखि चलिआएको संस्कृतिलाई बिगार्ने काम कसैबाट हुनुहुँदैन, यस्तो अवस्थामा तामाङ समुदाय सचेत रहनु पर्दछ ।’

 

विगतका वर्ष झैँ यस वर्ष पनि माग २ गते रक्तदान कार्यक्रम, ३ गते तामाङ सेलो नृत्य प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, ल्होछार ईभ र ४ गते बिहान साँस्कृतिक झाँकि सहितको र्याली निकालिने आयोजकले बताएको छ ।

शान्तिवाटिकाबाट शुरु भएको र्याली बागबजार, प्रदर्शनीमार्ग भद्रकालि, शहीदगेट हुँदै टुडिखेलमा प्रवेश गरेर सोनाम ल्होछार २८५४ साँस्कृतिक महोत्सवको विभिवत रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको बाहुलीबाट समुद्घाटन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्