वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको निधन , राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाण्डौ,साउन ३० । वरिष्ठ साहित्यकार मदनमणि दिक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको हो । दिक्षितको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

२००७ सालअघिको जहाँनिया राणा शासन तथा पञ्चामतिवरोधी आन्दोलनमा स्वर्गीय दिक्षितको योगदान स्मरणीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ट्वीटमार्फत स्वर्गीय दीक्षितको निधनमा दुःख व्यक्त गर्दै मन्त्रालयका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्