सांसद प्रदिप गिरीको चेतावनी – भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ

काठमाडौं, साउन २९ । नेपाली काँग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्रा्ष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफल भईरहँदा समिति सदस्य गिरीले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिएका हुन् ।


नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङयुद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे ।

उनले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनि समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए ।

नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसात गरि पहलकदमी गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्