दैनिकजसो अख्तियारको ‘स्टिङ अपरेसन’, हिरासत भरिभराउ

काठमाडौं, साउन २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउनमा मात्रै २५ वटा स्टिङ अपरेसन गरेको छ । त्यसमा ४७ जना घुससहित पक्राउ गरेका छन् ।

उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । तर, अख्तियारको थुनुवा कक्षमा नअटेर प्रहरी कार्यालयमा पनि राखिएका छन् ।

प्रहरी कार्यालय राज्यकै निकाय भएकाले जहाँसूकै राख्न सकिने अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।

उनका अनुसार यो महिना प्रत्येक दिनजसो घुससहित नियन्त्रणमा लिइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्