देशभरका ३४ विमानस्थलको स्तरोन्नति धमाधम हुँदै, ३४ विमानस्थलमा १ अर्ब ६७ करोड खर्च

काठमाडौँ ,साउन २८ । यति बेला विकासका कार्यले गति लिइहेको छ । देशभरका ३४ विमानस्थलको स्तरोन्नतिको काम धमाधम अगाडि बढिरहेको छ । अहिलेसम्म ती विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ९० प्रतिशत सम्पनन भइसकेको जनाइएको छ ।

विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्रे, पर्खाल निर्माण लगायत संरचनाहरुको स्तरोन्नति गर्ने काम ९० प्रतिशत सकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको हो ।

विमान र यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै विभिन्न समयमा विभिन्न ठाउँका विमानस्थलहरु बिस्तार र स्तरोन्नति गर्ने गरिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए । देशभरका विभिन्न प्रमुख ठाउँहरुका विमानस्थलहरु स्तरोन्नतिको प्रक्रियामा रहेको पनि उनले जनाकार िगराए

कतिपय विमानस्थलहरुमा स्तरोन्नतिको काम सम्पन्न भइ सकेको र अन्य को काम पनि तीब्र रुपमा भइरहेका बताएदै सकेसम्म छिटो गर्ने उनले बताए ।

पौड्यालका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा १९ वटा विमास्थलहरुको स्तरोन्नतिको काम भएको छ भने १५ वटा विमानस्थलहरु चालु आवमा स्तरोन्नतिका लागि ठेक्का दिइएको छ ।


यसैबिच नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार देशभरका ३४ वटा विमानस्थलहरु स्तरोन्नतिमा १ अर्ब ६७ करोड ८८ लाख २१ हजार खर्च भएको छ । विमानस्थलहरुका लागि विनियोजन भएको २ अर्ब ८४ करोड २८ लाख ४२ हजार बजेट मध्ये ५९.१० प्रतिशत खर्च भएको हो ।

देशभरका विमानस्थलको स्तरोन्नतिको कामले गति लिन थालेको नेपाल नागरिक उडड्यन प्राधिकरणले दाबि गरेको छ । बाकिँ रहेकाको काम पनि तिब्र गतिमा अगि बढिरहेको छ । समयमा सम्पन्न गर्ने प्रयासमा भने नेपाल नागरिक उडड्यन प्राधिकरण लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्