काठमाडौँ–निजगढ द्रूतमार्गः समयमा सम्पन्न नहुने

काठमाडौं, साउन २८ । बहुप्रतिक्षित काठमाडौँ–तराई दू्रतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंगो लाग्न ढिलाइ हुँदा तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने भएको छ ।

प्रस्थानबिन्दू, रेखांकन र डीपीआर टुंगो लगाउन लामो समयदेखि गृहकार्य भइरहेको छ ।
सरकारले द्रूतमार्ग निर्माणको काम नेपाली सेनालाई जिम्मा दिएको छ । भारतीय कम्पनी आईएल एन्ड एफएससँग सम्झौता तोडेपछि सरकारले २०७४ साउन २७ मा दू्रतमार्गको काम नेपाली सेनालाई सुम्पेको थियो ।

सेनाले चार वर्ष्भित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएकोमा दुई वर्ष बितिसक्दा पनि विस्तृत परियोजना प्रतिवेदन अनुमोदन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्