प्रधानमन्त्री ओली स्वदेश फिर्ता, हर्षित मुद्रामा भने ‘म स्वस्थ छु’

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली एकहप्त भन्दा बढि सिंगापुर बसाईपछि स्वदेश फर्केका छन् । नियमिति स्वास्थ्य जाँच गरी सिंगापुरबाट आज सोमबार अपरान्ह प्रधानममन्त्री ओली स्वदेश फर्कका फर्किएका हुन् । १८ साउनमा विदेश गएको उनी स्वदेश फर्किंदा हर्षित मुद्रामा थिए ।
गितका दिन जस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा ओलीले पत्रकार सम्मेलन गरेनन् । उनी १५ मिनेट आराम गरी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा फर्किए । विमानस्थल बसाईँमा ओलीको स्वास्थ्यबारे पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे सोध्दा मुस्कुराउँदै भने तपाईं अनुमान लगाउन सक्नुहुन्छ म स्वस्थ्य छु । आफूलाई देख्दा नै स्वस्थ रहेको अनुमान लगाउन सकिने बताए ।

१८ साउनमा नियमित चेकजाँचका लागि ओली पत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिजालसहित सिंगापुर गएका थिए । स्वास्थ्य जाँचका लागि एक हप्ता लागेकाले उनी निर्धारित समयभन्दा केही दिन ढिला फर्किए । ओलीको मृगौला प्रत्यारोपण गरिएकाले उनको स्वास्थ्य चेकजाँचको लागि सिंगापुर गइरहनु पर्छ । उनी विदेश हुँदा नियमित कार्यभन्दा ठूला निर्णयहरु प्रभावित भएका छन् । पार्टीको विद्यार्थी विभागदेखि अन्य विषय पनि थाँतीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्