घुससहित सहायक वन अधिकृत पक्राउ
काठमाडौ, २७ श्रावण । घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । वन कार्यालय, वीपीनगर डोटीमा कार्यरत एक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय, वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । आयोगका सूचना अधिकारी टोपबहादुर विष्टले डीसीलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी दिए ।
नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ । डीसीलाई आजै जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी रहेको विष्टले भने ।
प्रतिक्रिया दिनुहोस्