पशुपतिमा साउने सोमबार देखिएको भक्तजनको भिड (फोटो फिचर )

काठमाडौं, २७ साउन । साउन भगवान शिवको महिना र आराधना गर्ने महिना हो । आज यस वर्षको साउनको अन्तिम सोमबार । हिन्दु महिलाहरुले यस महिनामा माछामासु समेत नखाईकन व्रत बस्ने गर्दछन् । साउन महनिामा व्रत बसी भगवान शिवको पूजा आराधना गरेमा विवाह नगरेकोले असल श्रीमान पाउने र विवाह गरेकाले पनि श्रीमान् असल र दिर्घ हुने जनविश्वाश छ । आज साउनको अन्तिम सोमबार भएकाले ब्रतालुहरुले साउने ब्रत समापन गर्दैछन् । पहिलो सोमबारदेखि सुरु भएको ब्रत विभिन्न शिव मन्दिरमा पुगेर भक्तजनहरुले पूजा आराधना गरी समापन गर्ने गर्दछन् । ब्रतको दिन महिलाहरु मात्र नभई पुरुषहरुसमेत ब्रत बसेर भगवान शिवको आराधना गर्दछन् ।

आज अन्तिम सोमबार काठमाडौंको पशुपतिानाथलगायत सबै शिबमन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथमा आज साउने सोमबार विहानैदेखि दर्शालु शक्तजनको भीड लागेको छ । यसै सन्दर्भमा जागरण न्युज डटकमका लागि राजु पौडेल र राजिव पौडेलले कैद गरेका फोटाहरु :

प्रतिक्रिया दिनुहोस्