यसरी मनाईंदै छ, २०औँँ भूकम्प सुरक्षा दिवस

काठमाडौं । यस बर्षको भूकम्प सुरक्षा दिवसको नारा “सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार” तय गरिएको छ । विहिबार गृह मन्त्रालयमा बसेको २० औँ भूकम्प सुरक्षादिवस राष्ट्रिय समितिको बैठकले यस बर्षको नारा र मूल समारोह काठमाडौंमा गर्ने गरी राष्ट्रिय स्तरको कार्यक्रम तय गरेको हो ।

गृह सचिव मोहन कृष्ण सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय समितिले माघ २ गते काठमाडौंको बसन्तपुरमा मूल समारोहको कार्यक्रम गर्ने र कार्यक्रम व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने निर्णय गरेको छ ।

बैठकमा गृह मन्त्रालयका सह–सचिव कृष्णबहादुर राउतले २०औँ भूकम्प सुरक्षा दिवसका अवसरमा हुने राष्ट्रव्यापी कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । राउतकाअनुसार माघ २ गते नै विहान ११ बजे न्युरोड भूगोल पार्कमा विगतका भूकम्पमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा स्मृति सभा आयोजना गरिने र काठमाडौंका असन, इन्द्रचोक, नरदेवी लगायतका स्थानहुँदै भूकम्पीय सुरक्षा र्यालीको आयोजना हुने भएको छ ।  । अपरान्ह साढे १ बजे न्युरोड जुद्ध शालिकको पश्चिमतिरको भागमाआयोजनाहुने मूल समारोहको कार्यक्रमलाई प्रधानमन्त्री शेर बहादुर देउवा, मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

गृह सचिव सापकोटाले विपद् व्यवस्थापनको क्षेत्रमाकार्यरत सरकारीतथा गैर सरकारी निकायहरुले गर्ने सबै कार्यक्रमहरु राष्ट्रिय कार्यक्रमअन्तर्गत नै पर्ने र विभिन्नजिल्लामाकार्यक्रम गरी दिवसलाई सफलबनाउनआव्हानगर्नुभयो ।

१९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झनागर्दै भूकम्पीय सुरक्षाअभिवृद्धिका लागि प्रतिवद्धता व्यक्तगर्न र भूकम्पीय सुरक्षाकाक्षेत्रमाभए गरेका प्रयत्नहरुको लेखाजोखातथाभावीकार्ययोजना तय गर्ने मुख्य उद्देश्यका साथ२०५५ सालदेखि नेपालले भूकम्प सुरक्षादिवस मनाउँदै आएको छ । गृह मन्त्रालयको नेतृत्वमामनाइने भूकम्प सुरक्षादिवसको सदस्य सचिवको रुपमा भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालले कामगर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्