स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौ, २७ श्रावण । सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनुहुने भएको छ । आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

यही साउन १८ गते प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्