स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले मात्र हुँदैनः प्रधानन्यायाधीश जबरा

काठमाडौं, साउन २६ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने बताएका छन् ।

यसमा एक्लैको प्रयासले नहुने भएकाले सबैलाई सहयोग गर्न पनि उनले आग्रह गरे ।

एक्लैको प्रयासले मात्रै स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले सफल नहुने बताए उनले सरोकारवाला पक्षसंगको सहकार्य जरुरी रहेको आवश्यकता पनि औँल्याए ।

सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी) कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गरे ।

उनले निजी अन्तर्रा्ष्ट्रिय कानून, करार कानून र दुस्कृति विषयमा तीनदिने गोष्ठीले अभ्यासका लागि धेरै ज्ञान मिल्ने बताएका छन् ।


नेपालमा गत वर्षदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी) को कार्यान्वयनका अवस्था र अन्तर्रा्ष्ट्रिय अभ्यासका विषयमा छलफल हुनेछ ।

गोष्ठीमा सर्वोच्च अदालत न्यायाधीश, सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता, कानून व्यवसायीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्