कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, साउन २५ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ ।

मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको गतिविधि र प्रभावकारीता सम्बन्धी समीक्षा बैठक राख्न निर्देशन दिइएको जानकारी दिए ।

उक्त बैठकमा शाखा अधिकृत र सो भन्दा उच्च तहका कर्मचारीले अनिवार्य रुपमा उपस्थित हुनुपर्ने छ ।

यसैगरी मन्त्रालयका महाशाखा प्रमुख र विगागका महानिर्देशकले सेवालाई प्रभावकारी बनाउन प्रत्येक हप्ताको आइतबार बिहान १०ः३० बजे बैठक गर्न निर्देशन दिएको छ ।

यसैगरी मन्त्रालयले कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा÷विभागमा अनिवार्य रुपमा लगबुक भर्ने÷भराउने व्यवस्था मिलाउन भनेको छ ।

महाशाखा प्रमुख÷महानिर्देशकले मातहतका शाखा प्रमुख र शाखा प्रमुखले शाखा अधिकृतसम्मका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरी तत्काल कार्यन्वयनमा ल्याउन निर्देशन दिएको शाखा अधिकृत भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्