दाहाल र अाेलीकाे व्यस्तताले पार्टी एकता प्रभावित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।
भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन हिजो नै भरतपुर पुगेका दाहालले चितवन उद्योग संघको अधिवेशनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष दाहाल चितवनमा हुदा राजधानीतिक भेटवार्तामा पनि सहभागि हुने कार्यक्रम रहेको छ ।

दाहाल चितवन गएसंगै पार्टी एकता विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ । नेकपा एमाले र माओवादी केन्द्रवीच प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिए लगत्तै पार्टी एकिकरणको प्रकृया सुरु हुने बताइए पनि हालसम्म एकता प्रकृयामा ठोस उपलव्धि हुन सकेको छैन ।

अध्यक्ष दाहाल भोेलीमात्र काठमाडौं फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्