पोखरामा पनि २१ जना डेंगुका बिरामी भेटिए
काठमाडौं, साउन २४ । पोखरामा डेंगुको महामारी फैलिएको छ ।
पछिल्लो एक हप्तामा मात्रै २१ जना डेंगु रोगी भेटिएको पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार वडानम्बर ४, ८, ९, १७ र २५ मा डेंगुका बिरामी भेटिएका हुन् ।
बसपार्क, नागढुंगा र शिवालय चोक आसपासमा बढी डेंगुका बिरामी भेटिएको महाशाखा प्रमुख पौडेलले बताए । यसैवीच डेंगु आतंक बढेपछि महानगरका विभिन्न वडामा सचेतना अभियान थालिएको छ ।
सचेतना अभियानका लागि मनिपाल अस्पताल पोखराबाट ५ समुह र गण्डकी मेडिकल कलेजबाट ५ समुहको टोली खटाएको शर्माले जानकारी दिए ।
गत वर्ष पनि पोखरामा असारको पहिलो साता देखिएको डेंगु रोग साउन तेस्रो सातासम्म देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्