प्रधानाध्यापकको कुटाइबाट जब विद्यार्थीको दाँत नै झरेपछि…

काठमाडौं, साउन २४ । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्।

बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेल घाइते भएका हुन्।

कुटाइका कारण कुशलकोे अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले बताए ।

अतिरिक्त गणित विषय पढाउने प्रअ गौतमले कुशलले नजानेको निहुँमा कुटपिट गरेको र उनी बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले गुनासो गरे।

विद्यालयमा कुटपिट भएको विषयमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको आफन्तले बताएका छन् । सोही विद्यालयका एक शिक्षकले भने कुटपिट भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्