पाकिस्तानले लगायो भारतीय चलचित्र प्रदर्शनमाथि प्रतिबन्ध

काठमाडौं, साउन २४ । भारतसँग पछिल्लो समय तनाव बढेसँगै पाकिस्तानले आफ्नो मुलुकमा भारतीय चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएको छ ।

पाकिस्तानी सैनिक बलप्रति ऐक्यवद्धता जनाउन पाकिस्तानले भारतीय चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाएको कराँचीस्थित न्युपेक्स सिनेमालाई उद्रित गर्दे पाकिस्तानी संचार माध्यहरुले जनाएका छन् ।

अहिले हलहरुमा पाकिस्तानी चलचित्रहरु मात्र प्रदर्शनमा छन् । प्रदर्शन तयारी रहको अमिताभ बच्चनको बलिउड चलचित्र पिंकको प्रदर्शन तत्कालको लागि रोकिएको छ ।

भारतले पनि यस अगाडि पाकिस्तानसँगको आपसी टकरावलाई लिएर पाकिस्तानी अभिनेता, गायक र संगितकर्मीलाई भारतमा काम नगर्न चेतावनी दिएको थियो ।

पाकिस्तान र भारतपछि पछिल्लो समय तनाव बढ्दै गएको छ । गत सेप्टेम्वरमा मात्र उग्रवादी समुहले भारतको एक सैनिक अखडामा हमला गर्दा १८ जना भारतीय सैनिक जवानको ज्यान गएको थियो ।

यस्तै बिहीवार विहान भारतीय सेनाले पाकिस्तानसँग जोडिएको नियन्त्रण रेखामा हमला गर्दा दुईजना पाकिस्तानी सैनिको मृत्यु भएको थियो । भारतले घटनाको सबै जिम्मा पाकिस्तानले लिनुपर्ने जनाउँदै आएपनि पाकिस्तानको भने उक्त कुराको खण्डन गर्दे आएको छ ।

भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि भारत–पाकिस्तान तनाव बढ्दो छ ।

जम्मू–कश्मीरको विशेष दर्जा खोसिएपछि पाकिस्तानले विभिन्न कदम चाल्दै आएको छ । गएको बिहीबार मात्रै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ’सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको थियो ।

अहिले फेरि पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले भने, ‘पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गरिने छैन । नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ ।’

नाटक, चलचित्रलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध हुनेछ ।’

पाकिस्तानले भारतीय चलचित्रमा प्रतिबन्ध लगाएको यो पहिलो पटक भने होइन । यसअघि गएको फेब्रुअरीमा भारतले बालाकोटमा गरेको हवाई आक्रमणपछि पनि पाकिस्तानले यस्तै घोषणा गरेको थियो ।

भारत सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा खारेज गर्दै लद्दाखलाई पनि केन्द्रशासित प्रदेशमा विभाजन गरेपछि पाकिस्तानले व्यापारिक र राजनीतिक सम्बन्ध सीमित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्