स्वयम्भूमा प्रहरीले गोली चलायो, एक घाइते , लुटेरा लोप्साङ पक्राउ
काठमाडौं, साउन २४ । काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ ।
स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।
लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्