कक्षा ८ को परीक्षाफल घरमै, ७ सय स्कुलको सबै विवरण अनलाइनमा

काठमाडौं । यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन् । महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका हुन्। स्थानीय तहले यो वर्षदेखि आधारभूत तहको कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालेपछि सो व्यवस्था गर्न लागेको हो।

काठमाडौं महानगरपालिका शिक्षा विभागले यो वर्षदेखि अनलाइनबाट परीक्षाफल हेर्ने व्यवस्था गर्न लागेको जनाएको छ।
कामपालाई हाइटेक बनाउने योजनाअनुसार ७ सय ४४ वटा स्थानीय निकायमध्ये महानगरपालिकाले पहिलोपटक डिजिटलाइज प्रविधि अपनाएको हो।

कामपाका मेयर विद्यासुन्दर शाक्यले हिजो केएमसी डीईपीटी डट अफ ईडीयू वेबसाइट उद्घाटन गरेर विद्यालयको सम्पूर्ण विवरण अनलाइनमार्फत हेर्न सकिने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्