HIKE FOR NEPAL को १०० ‌औँ यात्रा सफलतापूर्वक सम्पन (फोटोसहित)


काठमाडौं, साउन २२ ।HIKE FOR NEPAL को १०० ‌औँ यात्रा सफलतापूर्वक सम्पन भएको छ। बैशाख १२ को विनाशकारी भुकम्प पछि मानिसहरुमा त्रास फैलिएको थियो ।

त्यस त्रासलाई उर्जामा वदल्न र यूवा जनशक्तिलाई देश विकासको दिशातर्फ लम्काउन उनिहरुमा भएको भय मुक्त गर्नका लागि विभिन्न ठाँउहरुको अवलोकन गराई सत्य तथ्य वुझाउनुका साथै मनोरञ्जनात्मक क्रियाकलापहरुबाट यूवाहरुलाई अघि बढाउने उद्धेश्यका साथ स्थापना भएको यो संस्था HIKE FOR NEPAL ले आफ्नो १०० औँ यात्रा सफलतापूर्वक पार गरेको छ ।

विशुद्ध मनोभावले स्थापना भएको यस संस्थाले हरेक ज्ञछ दिनमा काठमाण्डौँ उपत्यकाको वरपर रहेका ठाउँहरुमा आफ्ना सदस्यहरुलाई Hiking गराउँदै आएको छ ।

यस संस्थाले आफ्नो १०० औँ यात्रा यहि 18 गते का दिन पुरा गरेको छ । संस्थाका अध्यक्ष गणेश शर्मा हुन भने दिनेश पौडेल सचिव साथै मनिश रुचाल र योकेल जंग गुरुङ्ग Hiking Leader हुन ।

यस संस्थाबाट यात्रा गर्न जो कसैले पाउँछ भने यसको यात्रामा सहभागि हुनका लागि Social Media मार्फत आफ्नो Hiking Route राख्ने हुँदा ईच्छुक युवा जनशक्तिले रुटहेरी आफ्नो नाम लेखाउन सक्नेछन् ।

यस संस्थाको उद्धेश्य काठमाण्डौँ भित्र रहेको विभिन्न ठाउँहरुको पहिचान गरी आन्तरीक पर्यटन बढाउनु साथै अति विपन्न परिवारहरुलाई सहयोग गर्ने रहेको संस्थाका अध्यक्ष गणेश शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्