महिला सहयात्रा माइक्रोफाइनान्सको खुद नाफामा उल्लेख्य वृद्धि
काठमाडौं, २२ साउन । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ । असार मसान्तसम्म यस संस्थाले २ करोड ७४ लाख ४३ हजार खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १४१।१२५ ले बढी हो । अघिल्लो वर्ष संस्थाले १ करोड १३ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
महिला सहयात्राले खुद ब्याज आम्दानी ४६।५४५ ले बढाएर ८ करोड ९ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ५ करोड ५२ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो । सञ्चालन नाफा पनि २११।०८५ ले बढाएर ३ करोड ३० लाख २५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ करोड ६ लाख १६ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो ।
चौथो त्रैमाससम्म २९ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २१ करोड ७४ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
मकवानपुर जिल्लाको चित्लाङ्गमा केन्द्रिय कार्यालय रहको संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४ करोड ५७ लाख रुपैयाँ जम्मा छ । यसबीच संस्थाको खराब कर्जा भने बढेर २।५५५ पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्