चितवनमा ३१ जनामा डेङ्गु संक्रमण भेटियो

काठमाडौं, साउन २१ । जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ। गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन्।

भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको सङ्क्रमण भेटिएको थियो।

ती क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन मर्मत गर्ने स्थानमा लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान जोखिममा रहेको उनले बताए।

एजेप्टाई र एडिस एल्बोमेक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रत्ननगर र राप्ती नगरपालिकामा पनि देखिएको उनले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष जिल्लामा एक हजार ४८६ जनाको रगत परीक्षण गरिएकामा ५९मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्