सुनको मूल्य ऐतिहासिक उचाईमा, सोमबार मात्रै बढ्यो एक हजार ५०० रुपैयाँ
काठमाडौं, साउन, २० । साताको दोस्रो दिन सोमबार सुनको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको हो ।
आइतबार ६६ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य सोमबार तोलामै एक हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी महासंघको अनुसार सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन ६७ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
गत साउन १६ गतेदेखि बढ्न थालेको सुनको मूल्य बढेर दिनदिनै नयाँ उचाइमा पुग्ने गरेको छ । गत ४ दिनमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ ।
सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध पनि एक हो । अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुनको मूल्य बढ्दै गएको हो । सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्