गण्डकी अस्पतालमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं, साउन १९ । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा अख्तिायारको टोलीले छापा मारेको छ ।

एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाइ सञ्चालनमा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतबार अस्पतालमा छापा मारेको हो ।

अख्तियारको टोलीले अस्पतालबाट केही कागजात पनि नियन्त्रणमा लिएको छ । अस्पतालले गएको साल नै खरिद गरी करिब ७ महिना अगाडि नै एमआरआई मेसिन सञ्चालन गरेको थियो ।


मेसिन खरिद र सामाजिक इकाई सञ्चालन गर्न आर्थिक लेनदेनका आधारमा जिम्मा दिइएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो । आइतबार मेसिन खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिइएको छ ।

उपकुलपति डा.वुद्धिबहादुर थापा काठमाडौं रहेकाले सामाजिक इकाई सञ्चालन जिम्माबारे कागजात भने अख्तियारले नियन्त्रणमा लिन पाएन । उपकुलपति थापाले कागजात राखेकाले कागजात प्राप्त गर्न नसकिएको अख्तियारले जानकारी दिएको छ ।

अस्पताल व्यवस्थापन समितिलाई बाइपास गरेर मूल्यांकन समितिले आर्थिक प्रलोभनमा सामाजिक सेवा सञ्चालनको जिम्मा असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिइएको उजुरीमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्