कृषिमन्त्री खनालले भने – विषादीबारे भारतको पत्र समयमा प्रधान्मन्त्रीलाई नदिनु गल्ती भयो
काठमाडौं , साउन १९ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको स्वीकार गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले विषादी परीक्षणबारे भारतले केही नभनेको भनी प्रतिक्रिया दिएको दुई दिनपछिमात्र प्रधानमन्त्रीको हातमा पत्र पुगेको बताए ।
‘हाम्रो कमजोरी के भयो भने सम्माननीय प्रधानमन्त्रीले २१ गते बोल्नुभयो । २३ गतेमात्र त्यो पत्र उहाँको हातमा पारियो । हाम्रो गल्ती त्यो भयो । यो मन्त्रालयको कमजोरी हो’ मन्त्री खनालले भने ।
गत असारमा भारत तथा तेस्रो मुलुकबाट आयात भएका तरकारी र फलफूल विषादी परीक्षण गरेरमात्र नेपाल भित्र्याउन दिने सरकारले नीति लिएको थियो । तर काठमाडौंस्थित भारतीय दूतावासले पत्र लेखी विषादी परीक्षण रोक्न माग गरेको थियो । तर प्रधानमन्त्रीले भने भारतबाट कुनै दबाब नआएको प्रतिक्रिया दिएका थिए ।
कृषिमन्त्री खनालका अनुसार प्रधानमन्त्रीले यसबारे प्रतिक्रिया दिँदासम्म उनलाई मन्त्रालयको तर्फबाट विषादी परीक्षण सम्बन्धमा भारतीय दूतावासको पत्रबारे जानकारी नै दिइएको थिएन । आइतबार समिति बैठकमा सांसदहरुले यसबारे प्रश्न सोधेपछि उनले कमजोरी भएको स्वीकार गरेका हुन् ।
यसैबिच प्रधामन्त्री ओलीले उक्त पत्र आएको आफुलाई जानकारी नभएको र मन्त्रीहरुले झुक्याएको भन्दै आपत्ति समेत जनाएका थिए । साथै उनले यस्तो हर्कतले आफु लज्जित हुनु परेको भन्दै क्षमा समेत माग्न पुगेकना थिए ।
विषादी परीक्षणबारे सरकारको चर्को आलोचना समेत भएको थिया भने विभिन्न संघ संसस्थाले विरोध स्वरुप प्रदर्शन समेत गेरेका थिए ।
प्रतिक्रिया दिनुहोस्