सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाण्डौं, साउन १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन् ।

आइतबारदेखि ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले देशको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले राजस्व संकलन तीन वर्षयता सन्तोष गर्ने ठाउँमा रहेपनि उत्साहजनक नरहेकाले सरकारले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने कामलाई जोड दिएको पनि स्पष्ट पारे ।


उनले सरकारले स्वच्छ र पारदर्शी व्यवसाय चाहेको पनि बताए ।
गोष्ठीको उद्घाटन गर्दै उनले सरकारले सबै क्षेत्रको आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याएर राजस्व संकलन गरी निजी क्षेत्रलगायत सबै नागरिकलाई सामाजिक सुरक्षा र देशको विकास, निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको पनि पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्