विप्लवप्रति सरकार कठोर बन्ने संकेत, सशस्त्र प्रहरी खटाउन सुझाव

काठमाडौं , साउन १९ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ ।

सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग बार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ ।

यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो ।

सरकारले प्रतिबन्ध लगाइएको विप्लव नेतृत्वको पार्टीले विहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट गराएको थियो ।

गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित ब्रिफिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन् ।

उनीहरुले विप्लव समूहलाई नियन्त्रण गर्न नेपाल प्रहरीको साथ औपचारिक रुपमै सशस्त्र प्रहरी खटाउन गृहमन्त्री रामबहादुर थापालाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्