अभिनेत्री स्वस्तिमा र निश्चल आदर्श दम्पत्तिबाट सम्मानित

काठमाडौं , साउन १७ । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित भएका छन् ।

बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्था र ललित फरिया घरले यो सम्मान दिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यी दम्पत्तिलाई सम्मान प्रदान गरेका हुन् ।

ललित ब्युटिसियन बहुउदेस्यीय सहकारी संस्थाद्धारा सञ्चालित एवम् ललित फरियाघरको आयोजनामा ललितपुरको जावलाखेलमा तिज माईतिमेला २०७६ गरिएको छ ।

शनिबारसम्म चल्ने यो तिज मेलाको उद्घाटन समारोहमा निश्चल र स्वस्तिमा विशेष अतिथि बनेर पुगेका हुन् ।

यसरी बिहिबार सो कार्यक्रममा सम्मानित भएपछि अभिनेत्री स्वस्तिमा र अभिनेता एवम् निर्देशक निश्चल बस्नेतले सो सम्मान प्रति खुशी व्यक्त गरेका छन् ।

अभिनेता स्वस्तिमा खड्का यतीबेला निकै चर्चामा छिन् । उनको नयाँ फिल्म हजार जुनीसम्म यही ३० साउनबाट रिलिज हुँदैछ । यो सम्मानले आफुहरुलाई चलचित्र क्षेत्रमा काम गर्न अझ प्रेरणा मिलेको निश्चलले बताए ।

प्रतिक्रिया दिनुहोस्