परराष्ट्रमन्त्री ज्ञवालीसँग मोरक्को अधिराज्यका राजदूतद्वारा भेट, नेपालमा लगानी गर्न ज्ञवालीकोे आग्रह

काठमाडौं, साउन १७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले भेट गरेका छन् । उनले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरका हुन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।

उनले बहुपक्षवादलाई प्रवद्र्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्