लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन ।

ओलीले लुम्बिनी विकास कोषलाई निमार्णको काम छिटो सक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।


शुक्रबार काठमाडौंमा आयोजित लुम्बिनी विकास बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अघि सार्नुभएको लुम्विनी गुरुयोजना छिटो सक्न निर्देशन दिनुभएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित क्षेत्रमा बौद्ध परिपथ निर्माण गर्ने कामको पनि तयारी गर्न लुम्विनी विकास कोषलाई सचेत गराएका थिए ।

कोषका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीलाई कोषले लुम्विनी गुरुयोजनाको हालसम्मको कामका विवरण तथा नेपाल भ्रमण वर्ष– २०२० लाई ध्यानमा राखेर आयोजना गर्न लागिएको बुद्ध जयन्ती र बौद्ध सम्मेलनको तयारीका बारे पनि ब्रिफिङ गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवम् कोषका अध्यक्ष योगेशकुमार भट्टराई तथा कोषका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्