साधना लघुवित्तको नाफा १ करोड ६१ लाखभन्दा माथी

काठमाडौ । आर्थिक समृद्धि प्राप्ती पछि एकीकृत कारोवार गरेको साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा असार मसान्त सम्ममा कम्पनीले रू. १ करोड ६१ लाख ३६ हजार नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८४ दशमलव ८४ गुणा बढी हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा रू. ४१ हजार मात्र थियो । कम्पनीको खुद ब्याज आम्दानी रू. ४ करोड ६२ लाख ९३ हजार रहेको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ७८६ दशमलव ४७ प्रतिशत बढी हो ।

अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. ५२ लाख २२ हजार रहेको थियो । कम्पनीको संचालन मुनाफामा अघिल्लो आवको तुलनामा १४५ दशमलव १३ गुणाले बढेर गत आवको चौथो त्रैमाससम्ममा रू. १ करोड ७४ लाख ५ हजार रहेको छ ।

कम्पनीले गत आवको समीक्षा अवधिमा रू. २८ करोड २२ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा साधनाले ४०६ दशमलव २३ प्रतिशत बढी निक्षेप संकलन गरेको हो ।

गत आवको चौथो त्रैमासमा कम्पनीले रू. १ अर्ब १९ करोड ४५ लाख ८ हजार कर्जा तथा सापटी प्रवाह गरेको छ । गत आवमा कम्पनीको चुक्तापूँजी रू. ७ करोड ३५ लाख रहेको छ । यो अघिल्लो आवको तुलनामा ५० प्रतिशत बढी हो । अघिल्लो आवको तुलनामा जगेडा कोषमा भने ३५० दशमलव ९२ गुणा बढी जम्मा भएको छ । सो कोषमा गत वर्षको समीक्षा अवधिमा कम्पनीले रू. १ करोड ५४ लाख २ हजार जम्मा गरेको छ ।

चौथो त्रैमासको समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ०.१६ प्रतिशत रहेको छ । त्यस्तै कम्पनीले गत वर्ष भने रू. ८१ लाख ९२ हजार खराब कर्जा संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्