मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी दिन सुरु

काठमाडौं, साउन १७ । मलेसियामा अवैध रहेका आप्रवासी कामदारलाई आममाफी दिन सुरु गरेको छ ।

मलेसिया सरकारले अवैध रुपमा रहँदै आएका आप्रवासी कामदारहरुलाई आममाफी दिन सुरु गरेको हो ।

मलेसियामा विभिन्न कारणबाट अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित अन्य विभिन्न मलुकका आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर प्रदान गर्दै मलेसियाले बिहीबारदेखि गुड फर ब्याक कार्यक्रम लागू गरेको हो।


यस कार्यक्रमलाई प्रभावकारी बनाउन निस्शुल्क फारम भर्ने व्यवस्था गरी छुट्टै डेस्क सञ्चालनमा ल्याएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

आममाफी कार्यक्रममार्फत नेपाल फर्कन बिहीबार ४५ जना अवैधानिक नेपाली कामदारहरुले दूतावासमा सम्पर्क गरेको दूतावासले जनाएको छ।
आममाफी कार्यक्रममार्फत थुप्रै अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास दूतावासले लिएको छ।

बिहीबार (अगस्ट १) देखि आगामी डिसेम्बर ३१ सम्म अवैध रुपमा मलेसियामा रहँदै आएका नेपाली कामदारहरु स्वदेश फर्कन सक्ने छन्।


आफ्नो करार अवधि सकिएर पनि मलेसियामा काम गरेर बसिरहेका, त्यस्तै काम गर्दा गर्दै कम्पनीबाट भागेर अवैध बनेका नेपाली कामदारको संख्या मलेसियामा अत्याधिक रहेको हुनसक्ने दूतावासले अनुमान गरेको छ।
यस्ता कामदारहरुलाई आममाफी कार्यक्रममार्फत सुरक्षित ढंगबाट फर्कन दूतावासले सुझाएको छ।

ममार्फत नेपाल फर्कन बिहीबार ४५ जना अवैधानिक नेपाली कामदारहरुले दूतावासमा सम्पर्क गरेको दूतावासले जनाएको छ।

आममाफी कार्यक्रममार्फत थुप्रै अवैधानिक नेपाली कामदारहरु लाभान्वित हुने विश्वास दूतावासले लिएको छ।


बिहीबार (अगस्ट १) देखि आगामी डिसेम्बर ३१ सम्म अवैध रुपमा मलेसियामा रहँदै आएका नेपाली कामदारहरु स्वदेश फर्कन सक्ने छन्।
आफ्नो करार अवधि सकिएर पनि मलेसियामा काम गरेर बसिरहेका, त्यस्तै काम गर्दा गर्दै कम्पनीबाट भागेर अवैध बनेका नेपाली कामदारको संख्या मलेसियामा अत्याधिक रहेको हुनसक्ने दूतावासले अनुमान गरेको छ।

यस्ता कामदारहरुलाई आममाफी कार्यक्रममार्फत सुरक्षित ढंगबाट फर्कन दूतावासले सुझाएको छ।

प्रतिक्रिया दिनुहोस्