मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको निसास्सिएर मुत्यु


काठमाण्डौं, साउन १७ । मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको छ ।
बालाजु मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा बिहान साढे ९ बजेतिर सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवकान्त साहको मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ ।

पाइप सफा गर्ने क्रममा निसास्सिएर बेहोस भएका दुवैजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा नै मुत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्