पूर्व पश्चिम विद्युतीय रेलमार्गको ९ सय ४५ किलोमिटरको डिपिआर तयारः मन्त्री महासेठ
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व पश्चिम विद्युतीय रेलमार्गको ९ सय ४५ किलोमिटरको डिपिआर तयार भएको बताएका छन् ।
बिहिबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफदिंदै मन्त्रीमहासेठले बीचमा परेको १ सय ६० किलोमिटर निकुञ्ज परेको भागबाहेक झापाको मेचीदेखि कञ्चनपुरको गड्डा चौकीसम्मको भागको डिपिआर तयार भएको बताएका हुन् ।
राष्ट्रिय सभामा विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा सांसदहरुको ध्यानाकर्षणबारे सांसदहरुको प्रश्नको जवाफका क्रममा उनले सो जानकारी गराएका हुन् ।
यसअघि ३० किलोमिटर ट्रयाकबनाउने काम पूरा गरेको बताउदै यसबर्षदेखि रेलमार्ग निर्माणलाई तिब्रता दिने बताए । यस्तै काठमाडौं रसुवा–केरुङ र काठमाडौ–वीरगञ्ज विद्युतीय रेलमार्गका लागि प्रि फिजिबिलिटीको काम भएको बताउँदै काठमाडौं पोखरा रेलमार्गको पनि अध्ययन गर्ने बताए ।
उनले काठमाडौं रसुवा ७६ किलोमिटर र काठमाडौं वीरगञ्ज १४० किलोमिटर विद्युतीय रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको बताए ।
मन्त्री महासेठले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सडक कति बनाउने, रेलका लागि कति काम गर्ने, विद्युतीय बसका लागि देशभर कति चार्जिङ स्टेशन राख्ने भन्ने बारेमा सम्झौता भएको जानकारी गराए ।
उनले सरकारले ३ सय विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको बताउँदै बस खरिदका लागि साझा यातायातलाई असार ३१ गते ३ अर्ब निकासा गरेको बताए । साझाले विद्युतीय बस खरिद प्रक्रिया पनि सुरु गरेको उनको भनाई छ ।
सातवटै प्रदेशको राजधानी तथा राजमार्गका मुख्य ठाउँहरुमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन राख्ने सम्झौता भएको पनि मन्त्री महासेठले जानकारी गराए ।
राष्ट्रियसभाले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५ सर्वसम्मतले पारित गरेको छ । आगामी साउन २२ गते दिउसो १ बजे बस्नेगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।















प्रतिक्रिया दिनुहोस्