सरकारको दाबी – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ लाख ७६ हजारले रोजगारी पाए

काठमाडौं , साउन १६ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी १ लाख ७५ हजार ९०९ जनाले रोजगारी पाएको बताएको छ । ६ हजार ८६४ सामुदायिक आयोजनामा २२ लाख ६२ हजार २६९ दिनको राजेगारी दिइएको थियो । रोजगारी पाएको दिन भने फरक छ ।

‘औसत प्रतिव्यक्ति रोजगार दिन हेर्दा एक जना व्यक्तिले औषतमा १३ दिनको रोजगारी पाएको देखिन्छ’ मन्त्रालयले जनाएको छ ।

सरकारले गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।

देशका विभिन्न स्थानमा बेरोजगार रहेका युवा तथा अन्यले सामान्य रोजगारी पाएका छन् ।

केहि हद सम्म भएपनि उनीहरुलाई यसरी आफ्नै गाउमा रोजगारी मिल्दा केहि सहज भने भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्