चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा,

काठमाडौं, साउन १५ । नेपाली कथानक चलचित्र ‘लक्का जवान’ निर्माण घोषणा गरिएको छ ।

शिवहरि पौडेलले निर्देशन गर्ने चलचित्रमा दीलिप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेललगायतको अभिनय रहनेछ ।

कमेडी जानरामा निर्माण हुने चलचित्र चैत ७ गते रिलिज हुनेछ ।

‘लक्का जवान’ शिवहरिकोे पहिलो फिचर फिल्म निर्देशन हो ।

प्रतिक्रिया दिनुहोस्