प्रतिनिधि सभा बैठकका लागि दैनिक ७ लाख खर्च, बैठक अवरुद्ध गरे पनि भत्ता लिएर हिन्छन् सांसद !

काठमाण्डौं , साउन १५ । प्रतिनिधि सभाको बैठकमा आज भोली संसादहरुबिच नै जुहारी चल्ने गरेको छ ।

प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाका नेता लगाएतले हरके जसो बैठ अवरुद्ध गर्दै आएका छन् । तर पनि प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नका लागि प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि आवश्यक पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो रकम बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, प्रत्यक्ष प्रसारणको जाँच, जनशक्ति परिचालन, संसद भवनको वार्षिक भाडा, पानी बिजुली लगायतमा हुने खर्चहरुको एकमुस्ट रकम हो ।

बैठक बस्ने दिन मर्यादापालकलगायत सचिवालयका अन्य कर्मचारीहरु आधा घण्टा अघिदेखि तयारी अवस्थामा बस्नुपर्ने हुन्छ ।

बैठकका पूर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने समेत गरी प्रतिबैठक दैनिक ७ लाख रुपैयाँ खर्च भईरहेको संघीय संसदका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठक अवरुद्ध हुँदा पनि सचिवालयको यो खर्चमा भने कमी आउँदैन । बैठक अवरुद्ध भए पनि सचिवालयले सांसदहरुलाई बैठक भत्ताबापत एक हजार र यातायातबापत १ हजार गरी प्रतिसांसद २ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्