रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १३५ किमी लामो हुने, ३५ वटा पुल पनि बनाउनुपर्ने

काठमाडौं, साउन १५ । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १३५ किलोमिटर हुने भएको छ ।

भारतले गरेको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले यो लम्बाई उपयुक्त हुने आँकलन गरेको हो ।

भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरिएको छ ।

भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा नै बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको रेल विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

यो प्रस्ताव प्रारम्भिक मात्रै भएकाले रेलमार्गको अनुमानित लागतको विषय यसमा समावेश नभएको चित्रकारले जानकारी दिए । प्रस्तावित रेलमार्गमा ४५ किलोमिटर खण्डमा सुरुङ रहने भएको छ ।

४५ किलोमिटर सुरुङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्