कलंकीमा रहेको पूर्वउपसचिवको घरमा गोली चल्यो

काठमाडौं, साउन १४ । काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ।

गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली प्रहार भएको गरेका हुन् ।

शर्माको तीनतले घरमा बाहिरबाट गोली प्रहार भएको र उक्त स्थानबाट गोलीको खोका समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् ।

बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। महाशखाका प्रवक्ता केदार ढकालले वरिपरिका घर खानतलासी गर्दा दुई थान हतियार फेला परेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्