प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १३ अर्ब ऋण : बजेट दुरुपयोग भएको गुनासो

काठमाडौं , साउन १४ । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न सरकारले १३ अर्ब रुपैंयाँ ऋण लिने गृहकार्य थालेको छ ।

विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था(आईडीइए) बाट १ सय २० मिलियन डलर (१३ अर्ब रुपैंयाँ) ऋण लिन सरकारले बार्ता टोली नै गठन गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यसबर्ष ५ अर्ब १ करोड रुपैंयाँ विनियोजन गरिएको र यसल अपुग हुने भएपछि आउँदो पाँच बर्ष्भित्र खर्च गर्ने गरी विश्व बैंकसँग ऋण लिन लागिएको हो ।
वार्ता समिति गठन भएको, उसले बार्ता गरिरहेको र ऋण लिने लभगभ निश्चित भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्