कक्षा १२ को परीक्षाफल आज निस्कंदै

काठमाडौं, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने भएको छ ।

परीक्षा बोर्डका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेकोले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने भएको हो । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको छ ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग–अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने बोर्डले तयारी गरेको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । यी सबै विद्यार्थीहरु परिक्षाफलको पखाईमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्