प्रधानमन्त्री ओलीलाई भेटे प्रदेश २ का मुख्यमन्त्री राउतले, बाढी प्रभावितको अवस्था बारे जानकारी, ओलीले दिए यस्तो आश्वासन

काठमाडौं, साउन १२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले बाढीबाट भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री रावतको नेतृतवमा प्रदेश २ बाट आएको सर्वदलीय टोलीले आइतबार बिहान प्रधानमन्त्री ओलीलाई बाढी र डुबानबाट भएको क्षतिबाट जानकारी गराएको हो ।

भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेशमा सार्वजनिक र नीजि अर्बौ बराबरको क्षति भएको, ३७ जना भन्दा बढीको मृत्यु भएको र हजारौं परिवार घरबारविहीन भएको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।


बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारबाट सम्भव नरहेकोले विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न मुख्यमन्त्री राउतले आग्रह गरे ।

मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमाथि विशेष जोड आग्रह गरेका छन्।

यता प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफू पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।


भेटमा अध्यक्ष पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्